बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति भिडियो

उपसभामुखलाई हटाउने तयारीप्रति रास्वपाको आपत्ति, टुलुटुलु हेरेर नबस्ने चेतावनी

बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले संसद्को गरिमामा चोट पु‍र्‍यायो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ भदौ, २०८२ मा प्रकाशित
उपसभामुखलाई हटाउने तयारीप्रति रास्वपाको आपत्ति, टुलुटुलु हेरेर नबस्ने चेतावनी
काठमाडौं, भदौ ४ :

उपसभामुख इन्दिरा रानालाई हटाउने कांग्रेस र एमालेको तयारीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरिएको अवमूल्यन लोकतन्त्रकै लागि खतरा भएको टिप्पणी गरे।

उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले संसद्को गरिमामा चोट पु‍र्‍याएको भन्दै आलोचना गरे। कार्यपालिका र दलहरूको यस्तो कदमले संवैधानिक निकाय र व्यवस्थापिकामाथि निरन्तर आक्रमण भइरहेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए।

परियारले कांग्रेसलाई बीपी कोइरालाको आदर्श र एमालेलाई मदन भण्डारीको दृष्टिकोण सम्झन आग्रह गर्दै जनजाति महिलामाथि देखिएको असम्मानप्रति आपत्ति जनाए। सांसदहरूको विवेक बन्धक नबनाउन पनि उनले चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार