बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
खेलकुद क्रिकेट

टप एन्ड टी-ट्वेन्टी सिरिजमा नेपालको लगातार दोस्रो जित

मेलबर्न रेनेगेड्स एकेडेमीलाई नेपालले ३३ रनले हरायो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ भदौ, २०८२ मा प्रकाशित
टप एन्ड टी-ट्वेन्टी सिरिजमा नेपालको लगातार दोस्रो जित
डार्बिन, भदौ ४ :

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । यसअघि मङ्गलबार भएको आफनो चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै विजयी भएको थियो ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा आज भएको खेलमा नेपालले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय छ रनमा अलआउट भयो । रेनेगेड्सका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन बनाए ।

रेनेगेड्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई र रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान एक-एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए । उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२-१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई÷दुई विकेट लिए । नेपालले यसअघि खेलको चार खेलमध्ये एकमा जित तथा तीन खेलमा हार बेहोरेको थियो ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । नेपालले यही भदौ ६ गते पाकिस्तान शाहीन्ससँग खेल्नेछ । 

May be an image of 2 people

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार