बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
खेलकुद क्रिकेट

नेपालको ‘ए’ टोलीले भारतमा टी–२० सिरिज खेल्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ भदौ, २०८२ मा प्रकाशित
नेपालको ‘ए’ टोलीले भारतमा टी–२० सिरिज  खेल्ने
काठमाडौं, भदौ ८ :

नेपाल ‘ए’ क्रिकेट टोलीले भारतको गुवाहटीमा पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ तारिखसम्म भारतको आसाम राज्यसँग खेलिनेछ। यस सिरिजका लागि क्यानले अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ।

हाल नेपाल राष्ट्रिय क्रिकेट टोली अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा सहभागी भइरहेको छ, जहाँ नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

भारत भ्रमणका लागि घोषणा गरिएको ‘ए’ टोलीमा कप्तान अनिलकुमार शाहसहित शुभ कंसाकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, शेर मल्ल र युवराज खत्री रहेका छन्।

क्यानले युवा खेलाडीलाई अवसर दिने उद्देश्यले ‘ए’ टोलीलाई अन्तर्राष्ट्रिय अनुभव दिन भारत भ्रमणको आयोजना गरेको बताएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार