प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदका लागि भदौ ११ गते बुधबार निर्वाचन हुने भएको छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) अनुसार उक्त मितिमा सभापति चयनका लागि समय तोकेका हुन्।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा सोमबार जारी सूचनामा समितिको सभापति भदौ ११ गते चयन गरिने उल्लेख गरिएको छ। प्रतिनिधिसभा नियमावलीअनुसार सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ति गर्नुपर्ने प्रावधानअनुसार अन्तिम दिनमै मिति तोकिएको हो।
राज्य व्यवस्था समितिमा कांग्रेसकै सदस्यहरूबाट सभापति चुन्ने तयारी छ । सभापतिमा कांग्रेसका चार आकांक्षी देखिएका छन् । दिलेन्द्रप्रसाद बडूको नाममा सहमतिको प्रयास जारी छ । यसका साथै अम्बिका बस्नेत, सरिता प्रसाई र हृदयराम थानीको नाम पनि चर्चामा छ ।
यसअघि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान हटाउन गरिएको हेरफेरको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। उक्त हेरफेरमा खतिवडाको संलग्नता रहेको ठहर संसदको छानबिन समितिले गरेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ