
काठमाडौं, भदौ १० :
अस्ट्रेलियामा भएको पहिलो टी-ट्वेन्टी अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ ।
नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ ओभर २ बलमा १३६ रनमा समेटियो । नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीले २ र रुपेश सिंहले १ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । यो अभ्यास ५ खेलको हुनेछ । आईसीसी टी-ट्वेन्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले अस्ट्रेलियामा अभ्यास खेल खेलिरहेको हो ।