बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

प्रचार विभाग प्रमुख गौतम भन्छन्- सुझावहरू समेट्न समय आवश्यक परेपछि बैठक स्थगित गर्‍यौ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० भदौ, २०८२ मा प्रकाशित
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं, भदौ १० :

नेकपा (एमाले) ले १३ भदौका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ। 

पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश गर्न लागिएको विधान संशोधन मस्यौदामाथि आएका सुझावहरू मिलाउन समय लाग्ने भएकाले बैठक सारिएको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सुझाव संकलनको अन्तिम म्याद आजसम्म भएकाले ती सुझावहरू समेट्न समय आवश्यक परेपछि बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो।

एमालेले भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गर्ने तयारी गरेको छ। सो महाधिवेशनमा पेस हुने मस्यौदामाथिको अन्तिम रूप दिन १३ भदौमा बैठक तय गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार