सिन्धुपाल्चोक, भदौ १० :

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४, हिन्दीमा मंगलबार दिउँसो जिप दुर्घटना भएको छ । दुर्घटनामा दुईजना बेपत्ता भएका छन् ।

अरनिको राजमार्गको हिन्दी बजार हुँदै तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा.२१च ७५४४ नम्बरको जिप सडकबाट करिब २० मिटर तल भोटेकोसीमा खसेको हो ।

गाडीमा सर्लाही बरहथवा नगरपालिका २ का २३ वर्षीय चालक राजेशकुमार कुसवाह र रौतहट बौधीमाई नगरपालिका १ का २५ वर्षीय सहचालक रामप्रवेश महतो थिए । प्रहरीका अनुसार बेपत्ता दुवैको खोजी जारी छ ।