बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
राजनीति प्रदेश लुम्बिनी प्रदेश

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ भदौ, २०८२ मा प्रकाशित
रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश
फाइल तस्बिर ।
काठमाडौं, भदौ ११ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्। अब कैफियत प्रतिवेदन प्राप्त भएपछि मुद्दाको अर्को सुनुवाइ तय हुने छ।

रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही विषयमा निवेदन दिएका थिए। तर जिल्ला अदालतले 'माग बमोजिम नहुने' आदेश दिएको थियो। त्यसपछि उनी उच्च अदालत पुगेका हुन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार