बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार शिक्षा

ऊर्जामन्त्री खड्काको दाबी- शिक्षामा संखुवासभा अब्बल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ भदौ, २०८२ मा प्रकाशित
ऊर्जामन्त्री खड्काको दाबी- शिक्षामा संखुवासभा अब्बल
संखुवासभा, भदौ १२ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षा क्षेत्रमा संखुवासभा अब्बल जिल्लाका रुपमा स्थापित रहँदै आएको दाबी गरेका छन् ।

स्रोत र साधनका हिसाबले अत्यन्तै सबल र सम्पन्न जिल्ला भएको भन्दै शिक्षा क्षेत्रमा मादी माविले पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गरे ।

संखुवासभाको मादी नगरपालिकास्थति मादी माविको हीरक महोत्सवमा उनले देशमै पहिलोपटक आयुर्वेदिक विश्वविद्यालयका रुपमा योगमाया आयुर्वेदिक विश्वविद्यालयको स्थापनाले जिल्लाको पहिचान थप उचाइमा पुगेको धारणा राखे ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको दृष्टिले संखुवासभामा पाँच हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न सक्ने क्षमता भएकाले सबै एकजुट भएर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

उनले पर्यटकीय दृष्टिले समेत मकालु हिमाल, अरुण उपत्यकादेखि थुप्रै पर्यटकीय स्थान भएकाले यसको विकासमा दलीय राजनीतिभन्दा माथि उठेर काम गर्न आग्रह गरे । चीन र भारतजस्ता दुई छिमेकी राष्ट्रलाई जोड्ने किमाथांका नाकाको विकासमा आफू जुटेको उनको भनाइ छ ।

कार्यक्रममा अवसरमा विद्यालयमा विभिन्न कालखण्डमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार