बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार

‘प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गर्दा बहिष्कार गर्दैनौं’

सदनमा बोल्न पाउने प्रधानमन्त्रीको अधिकारको कुरा हो : सन्तोष परियार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ भदौ, २०८२ मा प्रकाशित
‘प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गर्दा बहिष्कार गर्दैनौं’
काठमाडौं, भदौ १२ :

प्रधानमन्त्री केपी ओलीले भोलि (शुक्रबार) संसद्‌मा गर्ने सम्बोधन आफूहरुले बहिष्कार नगर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ ।

भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद् बहिष्कार गर्दै आएको रास्वपाले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्ने भएको हो । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले शुक्रबार आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी गराउने कार्यक्रम छ ।

सभामुखसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले गर्ने सम्बोधन आफूहरुले बहिष्कार नगर्ने बताए ।

सदनमा बोल्न पाउने प्रधानमन्त्रीको अधिकारको कुरा भएको उल्लेख गर्दै बोल्न पाउने कुरा अग्राधिकारमा रहने उनले जिकिर गरे । आफूहरू संसद्‌मा आन्दोलनमै भए पनि कतिपय काम ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार