
यस वर्षको मिस नेपालको उपाधि लुना लुँइटेलले जितेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्राण्ड फिनालेमा उनले अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको टाइटल जितेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।
प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता, सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता भइन् ।
आयोजक संस्था 'द हिडन ट्रेजर' ले अडिसनमार्फत देशका विभिन्न सहरहरूबाट २६ जना फाइनलिस्ट चयन गरेको थियो। मिस नेपालको ३१ औं संस्करणमा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सौन्दर्य प्रस्तुत गरेका थिए। विजेताहरुलाई आयोजक र निर्णायक मण्डलका सदस्यहरूले ताज र प्रमाणपत्र प्रदान गरे।