काठमाडौं, भदौ १५ :

देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

पछिल्लो एक घण्टामा लमजुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो केन्द्रमा ११५.६ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै राजधानी काठमाडौं आसपासका क्षेत्रमा पनि झरी परिरहेको छ ।

यसैगरी गोरखाको आरुघाटमा १७.१ मिलिमिटर, स्याङ्जामा १४.२ मिलिमिटर, सिन्धुपाल्चोकमा १५.२ मिलिमिटर, डोटीमा १६.२ मिलिमिटर र बझाङको थलारामा ११.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरुमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको विभागले जनाएको छ ।