बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

ओलीले लिपुलेक मुद्दा उठाएपछि भारतीय मिडियामा चर्चा, चीनको मौनता रणनीतिक भन्दै व्याख्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ भदौ, २०८२ मा प्रकाशित
ओलीले लिपुलेक मुद्दा उठाएपछि भारतीय मिडियामा चर्चा, चीनको मौनता रणनीतिक भन्दै व्याख्या
काठमाडौं, भदौ १५ :

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भएको भेटमा लिपुलेकको मुद्दा उठाएपछि भारतीय सञ्चारमाध्यममा व्यापक चर्चा भएको छ।

भारत–चीनबीच अगस्ट १५ मा लिपुलेक हुँदै गरिएको व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै ओलीले लिपुलेक नेपालको ‘अभिन्न अंग’ भएको बताएका थिए।

ओलीको यो अडानपछि भारतीय सञ्चारमाध्यममा व्यापक प्रतिक्रिया देखिएको छ। भारतीय मिडियाले ओलीको धारणा 'राष्ट्रवादी अडान'को रूपमा चित्रण गरेका छन् भने चीनको मौनतालाई ‘रणनीतिक मौनता’ भनेर व्याख्या गरेका छन्।

चिनियाँ पक्षको आधिकारिक विज्ञप्तिमा लिपुलेकबारे कुनै उल्लेख नभएको भन्दै भारतीय मिडियाले चीनले  यो विषय टारेको दाबी गरेका छन्। भारतले भने नेपालको दाबी अस्वीकार गर्दै ऐतिहासिक आधार नभएको बताएको छ।

कुन मिडियाले के भने ?

भारतीय समाचार एजेन्सी पीटीआईले भारतले नेपालको दाबी ‘न त ऐतिहासिक, न प्रमाणमा आधारित’भन्दै अस्वीकार गरेको उल्लेख गरेको छ।

भारत २४ लाइभ ले ओलीले ‘दो टूक’ शैलीमा लिपुलेक नेपालको भएको दाबी गर्दै चीनसँग सम्झौता पुनर्विचार गर्न आग्रह गरेको लेखेको छ।

अग्निवाणीले ओलीको भनाइलाई ‘सम्प्रभुता के लिए चुनौती’ भनेर उल्लेख गरेको छ।

नवभारत टाइम्स, न्युज १८, जागरण, ईटीभी भारत, जी न्यूज, र दी ट्रिब्युन लगायतका मिडियाले ओलीले चीनसँग कडा कुरा उठाएको जनाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार