बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

बालेन साहविरुद्धको अदालतको अवहेलना मुद्दामा सुनुवाइ हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ भदौ, २०८२ मा प्रकाशित
बालेन साहविरुद्धको अदालतको अवहेलना मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं, भदौ १६ :

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन साह) विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दायर निवेदनमा  न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा  मुद्दामा सुनुवाइ हुँदै छ ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको विषयमा  बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए । 

उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।भदौ १ गते साहविरुद्ध मुद्दा दायर भएको थियो । आजको सुनुवाइपछि फैसला हुनसक्ने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार