
काठमाडौं, भदौ १६ :
नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन्।
संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले चन्दलाई अध्यक्षमा चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रराज पौडेल निर्वाचित भएका छन्। त्यस्तै, दुई उपाध्यक्षमा धर्मराज बर्तौला र आशिष अग्रवाल (जाजोदिया) चयन भएका छन्।
महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा आयुष नेपाल र सचिवमा सुदीप घिमिरे निर्वाचित भएका छन्। संघको कार्यसमितिका सदस्यहरूमा सुनील सिन्हा, लोकहर्ष शाक्य, विमल कालाखेती, राजेन्द्रप्रसाद दंगाल, विमला सुवेदी ढुङ्गाना र मनिषकुमार जोशी निर्वाचित भएका छन्।