
काठमाडौं, भदौ १७ :
सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा मृत फेला परेका हुन् ।
आमा कोठाभित्र झुण्डिएको अवस्थामा र छोरा खाटमाथि मृत फेला परेको प्रहरीले जनाएको छ । नौ महिनाका कान्छो छोरा भने सिकिस्त अवस्थामा फेला परेका छन्। आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ ।
घरायसी विवादमा आमाले दुई छोरालाई विशेष खुवाएर आफैंले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।