बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

सिरहामा आमा-छोरा मृत भेटिए, घटनाको अनुसन्धान हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ भदौ, २०८२ मा प्रकाशित
सिरहामा आमा-छोरा मृत भेटिए, घटनाको अनुसन्धान हुँदै
काठमाडौं, भदौ १७ :

सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा मृत फेला परेका हुन् ।

आमा कोठाभित्र झुण्डिएको अवस्थामा र छोरा खाटमाथि मृत फेला परेको प्रहरीले जनाएको छ । नौ महिनाका कान्छो छोरा भने सिकिस्त अवस्थामा फेला परेका छन्। आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ ।

घरायसी विवादमा आमाले दुई छोरालाई विशेष खुवाएर आफैंले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार