बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार मनाेरञ्जन

मिस होस्टल नेपाल–२०२५ को उपाधि श्रेष्ठलाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ भदौ, २०८२ मा प्रकाशित
मिस होस्टल नेपाल–२०२५ को उपाधि श्रेष्ठलाई
काठमाडौं, भदौ १८ :

मिस होस्टल नेपाल–२०२५ को उपाधि यहाना श्रेष्ठले प्राप्त गरेकी छिन् ।

काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा गत साउन २५ गतेदेखि आजसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी छात्रा यहाना श्रेष्ठ प्रथम भइन्। यसैगरी दोस्रोमा सेन्ट्रल गल्र्स होल्टल पुतलीसडककी छात्रा वन्दना खरेल र तेस्रोमा श्रीया गल्र्स होस्टल बुद्धनगरकी छात्रा स्वर्णिमा सापकोटा भइन् ।

प्रथम, द्धितीय र तृतीय हुने छात्राहरुलाई क्रमशः  एक लाख,  ५० हजार र  २५ हजार नगदसहित ताज, गिफ्ट ह्याम्पर तथा होस्टलबाट छात्रावृत्तिसमेत प्रदान गरिएको छ । प्रथम हुने श्रेष्ठलाई एभरेष्ट अस्पताल नयाँबानेश्वरले सद्भावना दूत नियुक्त गरेको छ ।

यस्तै मिस कोशी सुहाना मादेन लिम्बू, मिस मधेस खुस्बु खातुन, मिस बागमती रश्मीता शाक्य, मिस गण्डकी सुजाता बस्नेत, मिस लुम्बिनी स्वर्णिमा सापकोटा, मिस कर्णाली कविताकुमारी भण्डारी र मिस सुदूरपश्चिको उपाधि वन्दना खरेलले प्राप्त गरिन् ।

यसैगरी अस्मिता महराले मिस कन्फिडेन्ट, याहान श्रेष्ठले मिस डिसिप्लिन, युनिशा थापाले मिस फोटोजेनिक, ऋतु बुढाथोकीलले मिस काइन्डहर्ट र सरीता शाहले मिस फेन्डसिपको उपाधि प्राप्त गरिन् । 

उक्त उपाधि नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक एवं प्रतिनिधिसभा सदस्य धुव्रबहादुर प्रधानले प्रदान गरे । होस्टल व्यवसायी सङ्घका अध्यक्ष सुनिल भेटवालले यस्तो कार्यक्रमले होस्टेलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई हौसला प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

होस्टलमा पढिरहेका विद्यार्थीहरुको उच्च शिक्षाको लागि तथा लुकेको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरेको काराओके इन्टरटेन्मेन्टको प्रमुख खगेश रञ्जीतले जानकारी दिए । उक्त संस्थाले यसअघि मिस नेवाः आइकन, मिस नेवाः वल्र्ड, मिस नेशनललगायतका प्रतियोगिता गरिसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार