
काठमाडौं, भदौ १९ :
प्रतिनिधिसभाको बैठक जारी रहेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि बैठक जारी रहेको हो । बैठकमा सांसदहरुले आकस्मिक समयमा समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तत गर्ने छन् ।