
काठमाडौं, भदौ १९ :
अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ ।
नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले जंगीअड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
एयर एम्बुलेन्स घाइते वा बिरामीहरुको उद्धारमा प्रयोग हुने छन् भने स्काई ट्रक सामग्री ढुवानीका लागि प्रयोग हुने नेपाली सेनाले जनाएको छ । अमेरिकाले समय-समयमा नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।
हस्तान्तरण कार्यक्रममा रक्षा मन्त्री मानवीर राई र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत वरिष्ठ सैनिक अधिकारीहरुको उपस्थिति थियो ।
