बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
राजनीति

माइतीघरमा सोमबार गर्न लागेको ‘जेन-जी’ को प्रदर्शनलाई प्रशासनको अनुमति

निषेधित क्षेत्रमा प्रवेश नगर्ने सर्त
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ भदौ, २०८२ मा प्रकाशित
माइतीघरमा सोमबार गर्न लागेको ‘जेन-जी’ को प्रदर्शनलाई प्रशासनको अनुमति
एआईद्वारा निर्मित तस्बिर ।
काठमाडौं, भदौ २२ :

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेन-जी’समूहले भोलि (सोमबार) शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ। राजधानीको माइतीघर मण्डलामा हुने यो प्रदर्शन एकैसाथ देशका विभिन्न स्थानहरूमा पनि आयोजना गरिने जनाइएको छ।

प्रदर्शन मर्यादित, शान्तिपूर्ण र गैरराजनीतिक हुने आयोजकहरूले बताएका छन्। उनीहरूले जनताको साझा सरोकारका विषयमा ऐक्यबद्धता जनाउँदै सबैलाई सहभागिताको आह्वान गरेका छन्।

आयोजकहरूमध्ये एक आम नेपाली युवाले आइतबार सूचना जारी गर्दै भनेको छ, ‘भ्रष्टाचारविरुद्धको यो संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान हो।’

यसैबीच, भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ । भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् । निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रशासनले प्रदर्शन गर्न अनुमति दिएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार