
काठमाडौं, भदौ २३ :
जेनजीसमूहले काठमाडौंमा गरेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । बानेश्वरमा भएको प्रदर्शनलाई प्रहरीले दमन गरेपछि हिंसात्मक रुप लिएको हो ।
ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको छ । करिब एक सय भन्दा बढी घाइते भएका छन् ।
वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।