बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

जेनजी प्रदर्शनकारीको आक्रमणबाट महाराजगञ्ज वृत्तका दुई प्रहरीको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ भदौ, २०८२ मा प्रकाशित
जेनजी प्रदर्शनकारीको आक्रमणबाट महाराजगञ्ज  वृत्तका दुई प्रहरीको मृत्यु
काठमाडौं, भदौ २५ :

जेनजी आन्दोलनको मंगलबारको प्रदर्शनका क्रममा काठमाडौँको प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले आक्रमणका क्रममा एक असई (सहायक निरीक्षक) र अर्का एक जना प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन्।

उनका अनुसार हालसम्म अन्य स्थानहरूमा थप प्रहरीको मृत्यु भएको यकिन विवरण आइसकेको छैन। केही प्रहरीहरूसँग सम्पर्क हुन नसकेको र उनीहरूको अवस्थाबारे खोजी भइरहेको जानकारी घिमिरेले दिए।

‘केही सम्पर्कविहीन छन्, कसैको अवस्था पुष्टि हुन बाँकी छ, त्यसैले अहिलेलाई निश्चित रूपमा भन्न सकिने अवस्था छैन,’ डीआईजी घिमिरेले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार