काठमाडौं, भदौ २५ :

चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लीन चियानले यस्तो बताएकी हुन् ।

नेपालको पछिल्लो अवस्थाबारे त्यहाँको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लीन चियानले चीन र नेपाल परम्परागत मित्र हुन्, नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढङ्गले सम्बोधन गर्ने बताएकी छिन् ।