बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द #हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द
राजनीति

ब्युरोक्रेसी नागरिक सरकारसँग काम गर्न तयार छ : मुख्यसचिव अर्याल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ भदौ, २०८२ मा प्रकाशित
ब्युरोक्रेसी नागरिक सरकारसँग काम गर्न तयार छ : मुख्यसचिव अर्याल
फाइल तस्बिर ।
काठमाडौं, भदौ २७ :

मुख्यसचिव एकनारायण अर्यालले नयाँ नागरिक सरकारसँग सहकार्य गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन्। 

शुक्रबार सिंहदरबारस्थित पूर्वाधारको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी पुस्ताको मागअनुसार गठन हुने सरकारलाई ब्युरोक्रेसीले पूर्ण साथ दिने बताए।

अर्यालले राहदानीदेखि वैदेशिक रोजगारीसम्मका सेवा अनलाइनबाट सुरु भइसकेको जानकारी दिए। अत्यावश्यक सेवाहरू सञ्चालनमा रहेको भन्दै उनले खानेपानी, विद्युत, टेलिफोनजस्ता सेवामा सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए।

सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र स्थिति सामान्य बन्दै गएको उनले जानकारी दिए। साथै, पूर्वाधार तथा सवारीसाधनको क्षति प्राविधिक मूल्यांकनमार्फत गरिने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार