बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा सुशीला कार्की

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ भदौ, २०८२ मा प्रकाशित
अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा सुशीला कार्की
फाइल तस्वीर ।
काठमाडौं, भदौ २७ :

 अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज राति पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छिन्।

राष्ट्रपति भवन शीतल निवासमा आज राति ९ बजे शपथग्रहण कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनका अनुसार, ‘सबैभन्दा पहिले राष्ट्रपतिज्यूले अन्तरिम सरकारका लागि नयाँ प्रधानमन्त्रीज्यूलाई नियुक्त गर्नुहुनेछ। त्यसपछि नयाँ प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्को कामकारबाही अगाडि बढाउनुहुनेछ।’

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिकाबीच संसद् विघटनसहितको कदम चाल्दै अन्तरिम सरकार गठन गर्न लागेका हुन्। जेनजी समूहले संविधान र संसद दुवै विघटन गर्नुपर्ने अडान लिए पनि अन्तत: संविधान भने बचेको छ । अब यही संविधानलाई टेकेर सरकार अगाडि बढ्नेछ ।

आन्दोलनरत जेनजी समूहको दबाब र विभिन्न पक्षसँगको छलफलपश्चात्, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि चयन गरिएको हो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार