
काठमाडौं, भदौ २९ :
महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएका छन्।
नेपालमा नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ताले राजीनामा दिने प्रचलन रहेको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । ओलीले राजीनामा दिएलगत्तै उनले पनि राजीनामा दिएकोमा आज मात्र स्वीकृत भएर आएको बताए ।
बडालको राजीनामासँगै प्रधानमन्त्री सुशीला कार्कीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गर्न बाटो खुलेको छ । प्रधानमन्त्रीले आफूलाई काम गर्न सहज हुने गरी महान्यायाधिवक्ता नियुक्त गर्ने गरेका छन्।