बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

अन्तरिम सरकारका तीन मन्त्रीद्वारा क्षतिग्रस्त संसद् भवनको अवलोकन

पुनःनिर्माणका लागि सरकार गम्भीर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ असोज, २०८२ मा प्रकाशित
अन्तरिम सरकारका तीन मन्त्रीद्वारा क्षतिग्रस्त संसद् भवनको अवलोकन
काठमाडौं, असोज १ :

अन्तरिम सरकारका तीन मन्त्रीले  जेनजी आन्दोलनमा क्षतिग्रस्त बनेको संसद् भवनको अवलोकन गरेका छन्। गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा मन्त्री कुलमान घिसिङ बुधबार संयुक्त रूपमा संसद् भवन पुगेर आगजनी र तोडफोडका कारण पुगेको क्षतिको स्थलगत निरीक्षण गरेका हुन्।

भदौ २३ मा जेन–जीको नेतृत्वमा गरिएको आन्दोलन र त्यसपछि भदौ २४ मा आयोजित प्रदर्शनका क्रममा संसद् भवनमा व्यापक तोडफोड र आगजनी भएको थियो। यस घटनापछि भवन अत्यन्तै क्षतिग्रस्त अवस्थामा पुगेको छ।

मन्त्रीहरूले भवनको संरचनात्मक अवस्था, सुरक्षाको अवस्थिति र सम्भावित पुनःनिर्माणको आवश्यकताबारे प्रारम्भिक जानकारी लिएको जनाइएको छ। उनीहरूले अवलोकनपछि सुरक्षा व्यवस्थाको सुदृढीकरण र पुनःनिर्माणका लागि सरकार गम्भीर रहेको बताएका  छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार