रुपन्देही, असोज २ :

रुपन्देहीको गैडहवा तालमा पौडी खेल्दा स्थानीय दुई युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुने युवकमा गैडहवा गाउँपालिका–१ असिधहवाका १८ वर्षीय दिपेश थारु र  अरुण थारु रहेका छन् ।

इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुब्न थालेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए । तर दुवै जनाले ज्यान गुमाएका छन् ।

रुपन्देहीको गैडहवा गाउँपालिका ६ मा रहेको तालमा दुवै जना बुधबार चार बजेतिर गैडहवा तालमा पौडी खेल्न गएका थिए ।  रुपन्देहीको मानव निर्मित यो तालमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । यो ताल ८४ बिघा क्षेत्रफलमा फैलिएको छ ।