काठमाडौं, असोज २ :

जेनजी समर्थकहरुले घरमा आगो लगाउँदा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ। 

काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारार्थ चित्रकारको शरीरमा संक्रमण फैलिन थालेपछि हात काटिएको हो। उनको देब्रेहातको कुहिनोदेखि तल फालिएको छ । ७० वर्षकी चित्रकारको शरिरको १७ प्रतिशत भाग जलेको छ ।

खनालले भने,'उनी बोल्न सक्ने अवस्थामा छैनन्। आवाज आएझैँ लाग्छ तर बोलि बुझिँदैन।'  उनमा आजदेखि फेरि निमोनियाको संक्रमण देखिएको छ।  भदौ २४ गतेको जेनजी आन्दोलनकारीले उनी घरभित्रै हुँदा आगो लगाएका थिए ।