काठमाडौं, असोज ३ :
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक बसेको हो ।
उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागी छन् । बैठकमा पदाधिकारीहरूले पछिल्लो विकसित घटनाक्रम, जनजीविका र राजनीतिक विषयमा आधारित रहेर धारणा राख्नेक्रम जारी छ । आन्दोलनकारीहरुले गरेको आगजनीबाट कांग्रेसको पार्टी कार्यालय ध्वस्त भएको छ । बैठक बस्नुअघि पार्टीका नेता तथा कार्यकर्ताले मिलेर सरसफाई गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ