बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

४५ घण्टापछि तुइनखोलाको पहिरो हटाइयो, एकतर्फी यातायात सञ्चालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ असोज, २०८२ मा प्रकाशित
४५ घण्टापछि तुइनखोलाको पहिरो हटाइयो, एकतर्फी यातायात सञ्चालन
चितवन, असोज ५ :

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोलामा गएको ठूलो पहिरो ४५ घण्टापछि पूर्णरूपमा हटाइएको छ। पहिरो पन्छाएसँगै सडकमा पुनः सवारी आवागमन सुचारु भएको छ। अहिले एकतर्फी रुपमा खुलेको सडकलाई दुवैतर्फका सञ्चालन गर्ने प्रयास भइरहेको छ।

शुक्रबार साँझदेखि सुरु भएको अविरल वर्षासँगै खसेको पहिरोले उक्त सडक खण्ड पूर्णरूपमा अवरुद्ध बनेको थियो। शनिबारभर पहिरो हटाउने प्रयास भए पनि माथिबाट निरन्तर पहिरो खसिरहेकाले आइतबार बिहान ३ बजेसम्म काम रोक्नु परेको थियो।

सडक डिभिजन कार्यालय, चितवनका अनुसार नारायणगढतर्फबाट ३ वटा स्काभेटर लोडर र मुग्लिङतर्फबाट पनि ३ वटा स्काभेटर लोडर परिचालन गरी निरन्तर प्रयासपछि आइतबार बिहानबाट फेरि काम सुरु भएको हो। कार्यालय प्रमुख नारायणप्रसाद लामिछानेका अनुसार माथिबाट थप पहिरो नखसेपछि सडक खुलाउन सफल भएको हो। 

पहिरोका कारण लामो समयसम्म यातायात ठप्प हुँदा यात्रुहरूलाई सास्ती खेप्नुपरेको थियो। अहिले भने पहिरो पूर्ण रूपमा पन्छाइएकाले सडक सञ्चालनमा आएको डिभिजन कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार