
काठमाडौं, असोज ६ :
दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकामा गाडीको चाप कम हुन थालेको छ । दसैँ घर जानेहरुको संख्या बढेसँगै उपत्यकामा गाडी र मानिसको चाप कम हुन थालेको छ ।
२४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । आज बिहानसम्म करिब ४३ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् । यो अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।
निजी कार्यालय, कलेज र विद्यालयहरुमा दसैँ बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने ह्वात्तै बढेको छ । दसैँको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुन्छ । बाँकी मानिसहरु त्यसपछि नै आफ्नो थातथलो जानेछन् ।