बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

टोपबहादुर रायामाझी दुई सातापछि कारागार फर्किए , डिल्लीबजारमा सारियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
टोपबहादुर रायामाझी दुई सातापछि कारागार फर्किए , डिल्लीबजारमा सारियो
काठमाडौं, असोज ७ :

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वसांसद टोपबहादुर रायमाझी कारागार फर्केका छन्।  भदौ २४ मा ‘जेनजी आन्दोलन’का क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार (सेन्ट्रल जेल) बाट निस्किएका उनी करिब दुई सातापछि मंगलबार डिल्लीबजार कारागारमा हाजिर भएका हुन्।

कारागार व्यवस्थापन विभागले कैदीबन्दीलाई अनुकूल हुने नजिकको कारागारमा आफैँ उपस्थित हुन आग्रह गरेपछि उनी त्यहाँ पुगेका हुन्।

सेन्ट्रल जेलमा तोडफोड र आगजनी हुँदा उनको सम्पूर्ण बन्दोबस्तीका सामान नष्ट भएको हुँदा अहिले लुगाफाटोसहित कारागारमा फर्किएका छन्।

उनी नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्।

जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट करिब १४ हजारभन्दा बढी कैदीबन्दी निस्केका थिए। कारागारबाट धमाधम सूचना जारी भएपछि बन्दीहरु धेरैजसो सम्बन्धित कारागार फर्केका छन् भने केही अझै फरार छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार