बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

ओलीले भने- देश बनाउने कर्मठ युवाहरु जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छ, हावामा कुद्न हुँदैन

नेपाललाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्नै सक्दैनन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
ओलीले भने- देश बनाउने कर्मठ युवाहरु जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छ, हावामा कुद्न हुँदैन
भक्तपुर, असोज ७ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरु जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले युवाहरु देशभक्तिको भावका साथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ । असभ्य र गैह्रजिम्मेवार हुनु हुँदैन । देश र समाजप्रतिको कर्तव्य बुझेर युवाहरुले काम गर्नुपर्छ । युवाहरु हावामा कुद्न हुँदैन ।’

उनले जेनजी प्रदर्शनका क्रममा देशले ठूलो क्षति व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गर्दै  नेपाल र नेपालीलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न नसक्ने धारणा व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, ‘बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैं साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ । उज्यालो हुन्छ । हामीले हरेस खानु हुँदैन ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार