काठमाडौं, असोज ८ :

 राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा विशेषगरी निवार्चनका लागि जारी गरिने अध्यादेशका बारेमा छलफल भएको बुझिएको छ ।

फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा देश विदेशमा सबैलाई मतदानको व्यवस्था गर्न अध्यादेश पर्ने आयोगले जनाउँदै आएको छ । सोही विषयमा केन्द्रित भएर प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरेकी हुन् । भेटमा समसामयिक राजनीति, निर्वाचनको तयारी र सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्री कार्कीले हिजो आयोगका प्रतिनिधिहरुसँग सिंहदरबारमा छलफल गरेकी थिइन् । वर्तमान सरकारको म्यान्डेट भनेकै तोकिएको मितिमा चुनाव गराउनु हो ।