बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

ओलीले भने- मैले भ्रष्टाचार नगर्नु नै अपराध ठानियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ असोज, २०८२ मा प्रकाशित
ओलीले भने- मैले भ्रष्टाचार नगर्नु नै अपराध ठानियो
फाइल तस्बिर ।
काठमाडौं, असोज ९ :

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेको कुरा नै अहिले अपराध जस्तो देखिएको बताएका छन्।

बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।ओलीले जेनजी आन्दोलनपछि आफू सत्ता छाड्न बाध्य भएको र त्यसयता आफूलाई निशाना बनाइँदै आएको बताए।

उनले भने, ‘अहिले समाजमा अराजनीतिक र प्रतिशोधपूर्ण अभिव्यक्तिहरू आइरहेका छन्। के यही हो हाम्रो सामाजिक मूल्य र व्यवहार? नेपालमा शान्ति चाहिँदैन र? हामीले देश जोगाउन, सुशासन कायम गर्न र अगाडि बढाउनै पर्छ।’

ओलीले आफूमाथि हमला भइरहेको स्वीकार गर्दै भने, ‘म माथि प्रहार भइरहेछ, मलाई थाहा छ। मेरो अपराध के हो त? मैले भ्रष्टाचार गरेन, गर्दिन, त्यसैले नै अहिले मलाई दोषी बनाइएको छ। यही मेरो अपराध ठहरियो।’

जेनजी आन्दोलनकारीहरुले उनको बालकोटस्थित घर जलाइदिएपछि उनी अहिले त्यहाँबाट केही टाढा गुन्डुमा भाडाको घरमा बसेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार