बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

जेनजी युवा प्रतिनिधिद्वारा ९ सदस्यी वार्ता टोली गठन [नामसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ असोज, २०८२ मा प्रकाशित
जेनजी युवा प्रतिनिधिद्वारा ९ सदस्यी वार्ता टोली गठन [नामसहित]
काठमाडौं, असोज १२ :

जेनजी युवाहरुको एक समूहले सरकारसँग संवाद र सम्झौताको पहल थाल्दै नौ सदस्यीय वार्ता टोली गठन गरेको छ। टोलीमा मिराज ढुंगाना, पुरुषोत्तम यादव,प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर रहेका छन्।

यद्यपि टोलीमा रक्षा बमको नाम पनि उल्लेख गरिएको छ, उनले भने आफ्नो संलग्नता अस्वीकार गर्दै हस्ताक्षर नगरेको प्रष्ट पारेकी छन्।

टोलीले आन्दोलनरत पक्षको तर्फबाट प्रतिनिधित्व गर्दै सरकारसँग वृहत् राजनीतिक सम्झौता गर्ने तयारी गरेको छ। नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको रोहबरमा उक्त सम्झौता गर्नेसम्मको म्याण्डेट टोलीलाई दिइएको छ। साथै, सम्झौतामा समावेश हुने एजेन्डा तय गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने जिम्मेवारी पनि सोही टोलीले पाएको छ।

गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा राजधानीलगायतका विभिन्न स्थानमा प्रदर्शन र आन्दोलन भएको थियो। त्यसकै दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछिका राजनीतिक घटनाक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठन गरी आगामी फागुन २१ गते आम निर्वाचनको घोषणा गरेका छन्।

जेनजी आन्दोलनले मुलुकको राजनीतिमा व्यापक प्रभाव पारेको भए पनि हालसम्म सरकार र आन्दोलनरत पक्षबीच कुनै औपचारिक सम्झौता भएको थिएन। सोही अभाव पूर्ति गर्न युवाहरुको समूहले वार्ता टोली गठन गरेर गृहकार्य अघि बढाएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार