बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद फुटबल

युवा फुटबलरको सम्झनामा एन्फाद्वारा स्मृति सभा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ असोज, २०८२ मा प्रकाशित
युवा फुटबलरको सम्झनामा एन्फाद्वारा स्मृति सभा
काठमाडौं, असोज १२ :

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको पहिरोमा परी ज्यान गुमाएका युवा फुटबलरप्रति श्रद्धाञ्जली सभा गरेको छ ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार एन्फाले वार्षिक स्मृति सभा आयोजना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । २०८१ साल असोज १२ गते मकवानपुरको सिस्नेरीमा पहिरो  परी दिवस बानियाँ, अनुपम घलाारन, साइमोन योन्जन, प्रियांश आचार्य, विकल रेग्मी र आदित्य बालम्पखीले ज्यान गुमाउनु परेको थियो । 

सिस्नेरीस्थित वात्सल्यदेवी उच्च माध्यमिक विद्यालयमा उनीहरू एन्फाद्वारा सञ्चालित एकेडेमीका खेलाडी थिए थिए । भारी वर्षाका कारण आएको पहिरोमा परी उनिहरूको ज्यान गएको थियो । 

आइतबार भएको स्मृति सभामा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा, सदस्य पुरुषोत्तम थापासहित खेलाडी, प्रशिक्षक र फुटबलकर्मीले खेलाडीहरूको तस्बिरमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार