बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द #हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द
समाचार

रोमानियाको होटलमा आगलागी, दुई नेपाली युवतीको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ असोज, २०८२ मा प्रकाशित
रोमानियाको होटलमा आगलागी, दुई नेपाली युवतीको मृत्यु
काठमाडौं, असोज १४ :

रोमानियाको एक होटलमा भएको भीषण आगलागीमा परी दुई नेपाली युवतीको ज्यान गएको छ। घटना रोमानियाको प्रहोभा सहरमा रहेको होटल डाले मा सोमबार राति भएको हो।

बुखारेष्टबाट करिब ५२ किलोमिटर टाढा पर्ने उक्त सहरमा रहेको होटलमा आगलागी हुँदा दुई नेपाली महिलाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू सोही होटलमा काम गर्दै आएका थिए।

आगलागीमा परी घाइते भएका अर्का एक नेपाली महिलाको उपचार भइरहेको छ भने बाहिर सुतेका एक जना नेपाली सकुशल रहेको जनाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार होटलमा अग्नि सुरक्षा मापदण्ड नपुगेको भन्दै प्रशासनले एक हप्ता अघिमात्रै होटल बन्द गर्न निर्देशन दिएको थियो। तर होटल संचालनमा रहँदै आएको पुष्टि भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार