बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति प्रदेश बागमती प्रदेश

केपी ओलीले भने- अहिलेको सरकार बलमिच्याँइले बनेको हो, प्रधानमन्त्री कार्कीको नियुक्ति असंवैधानिक

गृहमन्त्रीलाई भने बाबु धेरै नचम्किनू
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ असोज, २०८२ मा प्रकाशित
केपी ओलीले भने- अहिलेको सरकार बलमिच्याँइले बनेको हो, प्रधानमन्त्री कार्कीको नियुक्ति असंवैधानिक
भक्तपुर, असोज २३ :

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार बलमिच्याँइले बनेको भन्दै संविधानसम्मत नभएको आरोप लगाएका छन्।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री सुशीला कार्की शर्त राखेर पद सम्हालेको दाबी गरे। उनले संविधानविपरीत संसद् भंग गर्ने सर्तमा कार्की प्रधानमन्त्री बनेको बताए।

‘सरकार छ तर संविधान अनुसार बनेको छैन,’ ओलीले भने, ‘प्रधानमन्त्री बन्नका लागि संसद् भंग गरिन्छ भन्ने सर्त राखिएको छ, जुन लोकतन्त्रको अपमान हो।’

उनको भनाइ अनुसार प्रधानमन्त्री बन्ने सर्तमा ‘देशमा जेनजीले आगो बाल्छ’ भन्ने चेतावनीसहित कार्कीले पद ग्रहण गरेकी हुन्।

ओलीले पूर्वप्रधानन्यायाधीश कुनै पनि सरकारी पदमा नियुक्त हुन नसक्ने प्रावधान संविधानमा स्पष्ट रहेको भन्दै कार्कीको नियुक्ति असंवैधानिक भएको जिकिर गरे।

‘उहाँ आफैं संविधान व्याख्या गरेर आउने व्यक्ति हो, तर संविधानविपरीत प्रधानमन्त्री बन्नुभयो,’ उनले भने, ‘२३ गते सडकमा उत्रिनुभयो, २४ गते प्रधानमन्त्री बन्नुभयो केका लागि आन्दोलनमा उत्रनुभयो?’

त्यस्तै, ओलीले सरकार ‘सडक तमासामा’ लागेको आरोप पनि लगाए। उनले गृहमन्त्रीलाई राजनीति गम्भीर विषय हो भन्ने बुझेर जिम्मेवारीपूर्वक चल्न चेतावनी दिए।

‘गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु,’ ओलीले भने, ‘राजनीति ख्यालठट्टा होइन, देश चलाउने कुरा गम्भीर हो।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार