शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
राजनीति

विदेशमा रहेकालाई पनि मत हाल्ने व्यवस्था सुनिश्चित गर्न निर्वाचन आयोगसँग जेनजी अभियन्ताहरुको माग

निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोगलाई सचेत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ असोज, २०८२ मा प्रकाशित
विदेशमा रहेकालाई पनि मत हाल्ने व्यवस्था सुनिश्चित गर्न निर्वाचन आयोगसँग जेनजी अभियन्ताहरुको माग
काठमाडौं, असोज २४ :

विदेशमा रहेका मतदाताहरुलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका मुख्य माग राखि जेन—जी अभियन्ताहरुले निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरुले विदेशमा रहेका मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोग पदाधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

रोजगारीको खोजीमा विदेशिन बाध्य मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिने उनीहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाइएको जेन—जी अभियन्ता शिव यादवले बताए । उनले निर्वाचनको तयारीको बारेमा पनि आयोगसँग जानकरी लिइएको बताए।

अभियन्ता यादवले भने, ‘हाम्रो देशमा रोजगारीको अभावका कारण धेरे युवा साथीहरु आफ्नो हातमुख जोडनका लागि भएपनि  देश छोड्नका लागि बाध्य छन् । ती साथीहरुलाई पनि अब आउँदै गरेको निर्वाचनमा हरेक नेपाली नागरिकलाई मत हाल्ने अधिकार नेपालको संविधानले नै व्यवस्था गरेको छ । धेरैजसो नेपाली नागरिक दाजुभाईहरु नेपालमा जागिर नपाईपछि वा कुनै कारणवश विदेशिन बाध्य छन् । उहाँहरुलाई पनि अब आउने निर्वाचनमा जेन—जी विद्रोहबाट जुन सरकार बन्यो । युवाहरुको विद्रोहबाट जुन सरकार बन्यो । अव आउने निर्वाचनमा विदेशमा भएका नेपाली नागरिकलाई पनि मतदानमा जसरी पनि सहभागि गराउनु पर्छ  ।’

जेनजी अभियन्ताहरुले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोगलाई सचेत गराएका थिए । 

यता, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेको मतदाताहरुलाई आगामी निर्वाचनमा सहभागी गराउनका लागि आयोग लागि परेको बताए । उनले आयोगले त्यसका लागि सरकारसँग छलफल गरिरहेको पनि बताए । कार्यबहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले सबै मतदाताको अधिकार हनन हुन नदिन दत्तचित्त भएर काम गरिरहेको बताए।

उनले भने, ‘यी विषयहरुमा आयोग असाध्यै सचेत छ । आयोगले आज भन्दा अढाई वर्ष अघि नै डेढ वर्ष अघि नै निर्वाचन व्यवस्थापन ऐन तर्जुमा गरेर अहिलेका ऐनले विदेशमा रहेका मतदाताहरुलाई समेट्न सकेन भनेर नयाँ ऐन दिनुस् भनेर ऐनको मस्यौदा गरेर हामीले गृह मन्त्रालयमा पठाईसकेका छौं । यहाँ निर्वाचन घोषणा भईसकेपछि गृह मन्त्रीले निर्वाचन आयोगमा नै आएर यो विदेशमा रहेका मतदाताहरुको मताधिकार सुनिश्चित गर्ने प्रयोजन र आयोगले आजैबाट पहल गर्नुपर्छ भनेर भन्नु भएपछि हामीले कानूनमा भएका कमी सुधार गरिदिनुस भनेका छौं । हामी दत्तचित्त भएर निष्ठापूर्वक विदेशमा रहेका मतदाताहरुको मताधिकार सुनिनिश्चित गर्छौं । उहाँहरुले मतदान गर्न पाउनुपर्छ । उहाँहरुलाई मतदानमा सामेल गराउन हामी लागि परेका छौं ।’

उनले निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदाताहरुलाई सहभागी गराउने संवैधानिक अधिकार कार्यान्वयनमा ल्याउने गरी ऐनको मस्यौदा सरकारलाई बुझाएको र सरकारले त्यो चाँडै सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार