बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ असोज, २०८२ मा प्रकाशित
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
काठमाडौं, असोज २४ :

मलेसियन क्रिकेट सङ्घको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसीए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिप’मा राष्ट्रिय महिला टोलीका ६ खेलाडी सहभागी हुने भएका छन् ।

आगामी कात्तिक १ देखि  ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कँुवरले सहभागिता जनाउने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।  

नेपाली महिला टोलीले यसअघि पनि मलेसियामा नै सुपर वुमन सिरिज खेलेको थियो । त्यसपछि नेपाली महिला टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृङ्खला खेलेको थियो । उक्त शृङ्खला नेपाली महिला टोलीले ३–२ ले जितेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार