काठमाडौं, असोज २४ :

नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरु बोल्ने क्रम नसकिएपछि शनिबार पनि बस्ने भएको छ ।

बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु समेत सहभागी भएपछि नेताहरु बोल्ने क्रम नसकिएकोले फेरि शनिबारका लागि बैठक बोलाइएको हो ।

मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताए । उनले आगामी २६ गते बस्ने पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समान धारणा बनाएर जाने भन्दै साही पेरिफेरीमा छलफल भइरहेको पनि बताए ।

उनले भने, ‘कार्यसम्पादन समितिमा रहेका साथिहरु समेत बसौं भनेर आज हामी पदाधिकारी र पूर्वपदाधिकारीहरुको मिटिङ बस्यौं । यद्यपि अझै नेताहरुले बोल्नेक्रम पूरा भएको छैन । केही साथीहरुले बोल्न बाँकी रहेकोले फेरि भोलि बिहान ११ बजेको लागि बैठक बोलाइएको छ । अहिले देशमा विद्यमान अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने र राष्ट्रिय राजनीतिमा खडा भएको प्रश्नबारे पनि ठोस समान धारणा बनाउने विषयमा केन्द्रित भएर हामी छलफल गरिरहेका छौं । अगामी २६ गतेको बैठकमा समान धारणा लिएर ठोस निष्कर्ष निकाल्नको लागि गृहकार्य र एजेन्डा तय गर्न छलफल भइरहेको छ ।’

पार्टीको महाधिवेश निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्नेबारे नेताहरुबीच मतभेद देखिन्छ ।