
काठमाडौं, असोज २७ :
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषद्को बैठक बसेको छ ।
सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको वर्तमान अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य सचिव सुमनराज अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए।
सुरक्षाकर्मीको मनोबल उच्च बनाउने विषयमा पनि छलफल भएको छ । जेनजी आन्दोलनपछि जनपथ प्रहरीको मनोबल निकै खस्किएको भन्दै सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको छ ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए ।