बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

चन्द्रकान्त भण्डारी भन्छन्- दलहरुले जेन-जी पुस्तासँग संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ

अगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने विश्वास
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ असोज, २०८२ मा प्रकाशित
चन्द्रकान्त भण्डारी भन्छन्- दलहरुले जेन-जी पुस्तासँग संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ
काठमाडौं, असोज २८ :

नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताए । उनले मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रीय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताए।

उकाअनुसार बैठकले पार्टीको महाधिवेशन नियमित समयमा गर्ने कि सार्ने विषयमा समेत निर्णय गर्नेछ । उनले पार्टी सभापति शेरबहादुर देउवाले यसअघि नै नेतृत्व छोड्ने बताइसकेको उल्लेख गर्दै निश्चय पनि अगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने पनि बताए।

उनले भने, ‘नेपाली कांग्रेसको इतिहासले के भन्छ भने पहिले हामीले मुलुकको बारेमा सोच्नुपर्छ । त्यसपछि हामीले ल्याएको डेमोक्रेसीको बारेमा सोच्नुपर्‍यो, यो देशका जनताका बारेमा सोच्नुपर्‍यो । त्यसपछि यी तीनवटै कुरालाई व्यवस्थापन गरेर पार्टीलाई अगाडि बढाउने बारेमा सोच्नुपर्‍यो । पार्टीलाई कस्तो बनाउँदा अहिलेको विषम परिस्थितिलाई हाँक्न सकिन्छ भन्नको लागि अहिले हामी केन्द्रीय समितिको बैठक सुरु गर्छौं । बैठकले निरन्तर महाधिवेशन वा विशेष महाधिवेशनको बारेमा टुंगो लाउँछौं । अहिले नागरिक अधिकार अस्तव्यस्त भएको छ । संविधानको विचल्ली छ । त्यसका लागि संविधानको रक्षा गर्दै नागरिक अधिकार संस्थागत गर्नुपर्छ । नेपाली कांग्रेस अरु पार्टी जस्तो होइन नि स्वयं सभापतिज्यूले नै अब मैले छोड्छु भनिसक्नुभएको छ नि । स्वाभावैले समयअनुसार नेतृत्व परिवर्तन भइहाल्छ नि ।’

नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरु र जेन-जी पुस्ताहरुसँग समेत सल्लाह गरेर संविधानमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । उनले  समानुपातिक सांसदहरुलाई कहाँ राख्ने र एउटै राजनीतिक दलको बहुमत कसरी आउनसक्छ भन्ने कुरालाई निकास दिनको लागि संसदबाट पास गर्नेगरी संविधान ब्युँताउन जरुरी रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार