काठमाडौं, असोज २८ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भए । उनले बैठकलाई सम्बोधन गरे लगत्तै बैठक असोज ३० गते १ बजेसम्मका लागि स्थगित भएको छ ।

जनजी प्रदर्शनकारीहरुको कुटाईबाट घाइते भएका देउवा लामो समयको उपचारपछि पार्टी केन्द्रीय कार्यसमितिको बैठकमार्फत सार्वजनिक भएका हुन् ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उनकी पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणालाई घाइते हुनेगरी कुटपिट गरेका थिए । उनी ३४ दिनपछि पार्टी केन्द्रीय कार्यसमिति बैठकमार्फत सार्वजनिक भएका हुन् । 

आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आएका छन्।