बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
खेलकुद क्रिकेट

नेपाल दोस्रोपटक टी–२० विश्वकपमा छनोट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
नेपाल दोस्रोपटक टी–२० विश्वकपमा छनोट
काठमाडौं, असोज २९ :

नेपालले लगातार दोस्रोपटक आईसीसी टी–२० विश्वकपमा स्थान बनाएको छ। ओमानमा जारी एसिया–इष्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटको सुपर सिक्स चरणमा ओमानसँगको खेलअघि नै नेपाल र ओमान विश्वकपका लागि छनोट भएका हुन्।

बुधबार कतारले जापानलाई ३ विकेटले र युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमानको विश्वकप यात्रा पक्का भएको हो। सुपर सिक्समा दुवैले लगातार दुई खेल जित्दै ६ अंक जोडेका छन्।

नेपालले समूह चरणमा कुवेत र जापानलाई तथा सुपर सिक्समा युएई र कतारलाई पराजित गरेको हो। अब नेपालले सुपर सिक्सको अन्तिम खेलमा सामोआसँग प्रतिस्पर्धा गर्नेछ।

सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा दोस्रोपटक विश्वकप खेलेको थियो। अब नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ।

सन् २०२५ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा २० राष्ट्र सहभागी हुनेछन्। नेपाल १८औं टिमको रूपमा छनोट भएको हो।

गत संस्करणमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, भारत, र श्रीलंका सोझै छनोट भएका थिए। क्षेत्रीय छनोटबाट क्यानडा, नेदरल्यान्ड्स, इटाली, जिम्बावे, नामिबिया र अब नेपाल तथा ओमानले विश्वकप खेल्ने छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार