शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
राजनीति

प्रधानमन्त्री कार्कीले भनिन्- सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु हो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३१ असोज, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीले भनिन्- सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु हो
काठमाडौं, असोज ३१ :

प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताइन् । शुक्रबार अपराह्न सिंहदरवारमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोग प्रमुखहरुसँग पहिलो पटक सामूहिक भेटगरी उनले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गरेकी हुन् । 

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राखेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताइन् । 

उनले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरुलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताइन् । फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा पनि प्रधानमन्त्री कार्कीले राजदूतहरुसँग गरे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीले भने, ‘यो डिभ्लोम्याटिक ब्रिफिङ कार्यक्रम हो । यसमा मूलत उहाँले यो सरकारको प्रमुख प्राथमिकता भनेको चुनाव हो । र चुनावको साथसाथै अन्य प्राथमिकताहरु सरकारले तया गरेको छ । त्यसको बारेमा जानकारी गराउनु भयो । अर्को कुरा विदेश सम्बन्ध र परराष्ट्र नीतिका विषयमा पनि उहाँले केही जानकारी गराउनु भयो । र यो पहिलो ब्रिफिङ हो । एक किसिमले परराष्ट्रमन्त्रीको हैसियतले उहाँले यो ब्रिफिङ गर्नुभएको हो । चुनावको विषयमा यहाँहरुलाई थाहा नै छ । चुनाव महत्वपूर्ण प्राथमिकता भएको हुनाले चुनावसँग सम्बन्धित मूलतः ३ वटा विषयहरु एउटा सहयोग, सद्भावको विषय । दोस्रो यो चुनावमा जुन विदेशी पर्यवेक्षकहरु मोविलाईज गर्ने कुरा हुन्छ । त्यो विषयमा पनि कुरा भयो । र तेस्रो सम्भावनाको हिसावले विदेशमा रहेका नेपालीहरुलाई पनि यो चुनावमा सहभागी गराउन सकिने विषयमा सम्भावना अध्ययन भइरहेको विषयमा पनि उहाँले जानकारी गराउनु भयो ।’

प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालस्थित विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार