शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
राजनीति भिडियो

केपी ओली कानुनभन्दा माथी छैनन् : गृहमन्त्री अर्याल

पहिला कानुनभन्दा माथि भएपनि अब छैनन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३ कात्तिक, २०८२ मा प्रकाशित
केपी ओली कानुनभन्दा माथी छैनन् : गृहमन्त्री अर्याल
काठमाडौं, कात्तिक ३ :

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानुनभन्दा माथि नरहेको बताएका छन् ।

सिंहदरबारमा सोमबार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका थिए । गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानुन मान्दिन भनेको भन्ने संज्ञा दिए । उनले पहिला केपी ओली कानुनभन्दा माथि भएपनि अब नभएको बताए ।

उनले भने, ‘यो चाहीँ कानुन मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथी बस्ने पहिलाको चाँही त्यस्तो थियो । अहिले हुँदैन ।’

उनले केपी ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगले भनेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार