बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश बागमती प्रदेश

भक्तपुरमा २७ जुवाडेबाट ९ लाख नगद बरामद

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ४ कात्तिक, २०८२ मा प्रकाशित
भक्तपुरमा २७ जुवाडेबाट ९ लाख नगद बरामद
प्रतीकात्मक तस्बिर ।
भक्तपुर, कात्तिक ४ :

भक्तपुर प्रहरीले सोमबार राति कौडा खेलिरहेको अवस्थामा २७ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका–४ स्थित बुलुचा टोलमा सञ्चालित जुवाखालमा विशेष सुराकीका आधारमा छापा मारिएको थियो। ९ लाख २३ हजार रुपैयाँ नगदसहित उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जुवेगुका अनुसार जुवाखालमा ठूलो संख्यामा मानिस जम्मा भएको सूचना पाएपछि प्रहरीले अप्रेसन चलाएको थियो।

पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार